बायर्नले जित्दा लेभरक्युजनले उपाधिका लागि पर्खनुपर्ने
शनिबार, ०१ वैशाख २०८१, २२ : ०१

म्युनिख । बायर्न म्युनिखले रेलिगेसनको खतरामा रहेको कलोनलाई हराउँदा बायर लेभरक्युजनले बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन कम्तीमा थप एक दिन पर्खनुपर्ने भएको छ ।
शनिबार उपाधि नगुमाउन साबिक विजेता बायर्नले एक अङ्क बटुल्नुपर्ने थियो । पहिलो हाफमा इंग्ल्याण्डका कप्तान ह्यारी केन र म्याथेस टेलको प्रहार पोस्टमा लाग्न पुग्यो । त्यसपछि टोलीले पहिलो गोलका लागि ६५ औँ मिनेटसम्म पर्खनुपर्यो । तर राफायल गुरेरो र थोमस मुलरले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितपछि ५ खेल बाँकी छँदा बायर्न लेभरक्युजनभन्दा १३ अङ्कले पछि रहेको छ । एक खेल कम खेलेको ज्याभी ओलन्सोको टोलीले आइतबार वेर्डर ब्रेमनलाई हराए पहिलोपटक लिग उपाधि जित्नेछ ।
शनिबार नै भएका अन्य खेलमा बोरुसिया डर्टमण्डले बोरुसिया मोचेनग्लाडबाचलाई २–१ गोल तथा आरबी लेइपजिगले वुल्फसबर्गलाई ३–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत