शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन हुने

शनिबार, ०१ वैशाख २०८१, १७ : ०९
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको तत्त्वावधानमा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा भदौ २८ र २९ गते पाँचौँ राष्ट्रिय स्तरको खुल्ला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौँ प्रतियोगिता तथा पुरुष स्पोर्टस फिजिक्स हुने भएको छ ।

मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूहमा खेल हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजी भन्दा माथि तौल समूह हुनेछ ।

त्यसै गरी महिला प्रतिस्पर्धा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समूह अन्तर्गत प्रतिस्पर्धा गराइनेछ । जुनियर मि.काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा २०८० चैत्र मसान्त सम्ममा २१ वर्ष ननाघेका खेलाडीहरूले भाग लिन पाउने छन् ।

पुरुष स्पोर्ट्स फिजिक्स अन्तर्गत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वजन र उचाइ समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ । जसमा १७० सेमीभन्दा मुनी र १७० से मी भन्दा माथिको २ वटा विधा रहने छ ।

प्रत्येक क्लब सङ्घ संस्थाबाट एउटा वजन समूहमा बढीमा दुईजना खेलाडीहरू गरी जम्मा २० जना खेलाडीहरू र एकजना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउनेछन ।

पहिलो दिन बिहान वजन र हाइट नापिने छ र दिउँसोबाट १० विधा मध्य ३ वटा विधा मिस्टर काठमाडौँ जुनियर तथा दुवै पुरुष स्पोर्ट्स फिनिक्सका फाइनल प्रतियोगिताहरू आयोजना हुनेछ भने महिला एथलेटिक्स फिक्सिङको प्रिजजिङ्ग राउण्ड हुनेछ ।

दोस्रो दिन मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका प्रिजजिङ्ग तथा फाइनल खेल र महिला एथलेटिक्स फिजिक्सको फाइनल खेल आयोजना हुनेछ ।

फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरूमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौँ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछ । प्रत्येक वजन समूहमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः रु १५०००, १०००० तथा ५००० नगदले पुरस्कृत गरिनेछ ।

मिस्टर काठमाडौँको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरू बिच प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीलाई काठमाडौँको उपाधि साथै नगद रु १ लाख ५० हजार पुरस्कार ट्रफी तथा ब्यानटले सुसज्जित गरिनेछ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु १ लाख ६५ हजार प्राप्त गर्नेछ ।

महिला प्रतिस्पर्धा अन्तर्गत फाइनल राउन्डमा छनोट भएका पाँच जना महिला खेलाडीहरूबाट प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै नगद रु ३०,००० ट्रफ तथा ब्यानटले सुसज्जित गरिने साथै द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः नगद रु १५००० तथा नगद रु ५००० पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिनेछ र चौथो तथा पाँचौँ हुने महिला खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् ।

यस्तै जुनियर मि.काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्टस् फिजिक्स अन्तर्गत १७० सेमी सम्म र १७० सेमी भन्दा माथिको उचाइ समूह गरी दुई उचाइ समूह अन्तर्गत प्रथम हुने खेलाडीले उपाधिका साथै नगद रु ३०,००० ट्रफी तथा ब्यानेटले सुसज्जित गरिनेछ । द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः नगद रु १५,००० तथा नगद रु ५,००० पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौँ हुने खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन ।

आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब रु २२ लाख ५० हजार रहेको छ । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सचिव बिजयत्म रत्न बज्राचार्यले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप