खाली कानुनको पुस्तक मात्रै पल्टाएर न्याय हुँदैन : ओली

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् । शनिबार काठमाडौँमा बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरूपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराएका हुन् ।
पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरूपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामूहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरूपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले भने,‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानुनको पुस्तक मात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने गरी न्याय निरूपण अदालतले नगर्दा खेरी राम्रो हुन्छ । वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्ने गरी गरे हुन्छ । व्यक्तिका अधिकार पनि सुरक्षित हुनुपर्छ । तर व्यक्तिका अधिकार साँच्चैको अधिकार हो कि होइन ? भन्ने कुरा पनि हेर्नुपर्छ । र व्यक्तिका अधिकारको कुरा गरिरहँदा सार्वजनिक स्थलहरूमा समुदायको हितहरू जोडिन गए भने व्यक्तिका हित गौण हुने गर्दछ । त्यसकारण उचित हित हो कि होइन ? व्यक्तिका ती कुराहरू पनि हामीले हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम ओरालो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गरे । ‘अब केही हुँदैन, केही हुँदै भएको छैन भन्ने होइन । नेपालमा भइराखेको छ । कामहरू भइराखेको छ । यो बिचमा ३ वर्ष यस अघि विकासले गति लिइसकेको ठाउँमा यो ३ वर्ष अर्थतन्त्र ओरालो लाग्यो । राजनीति अस्थिर भयो । असभ्यता बढ्यो समाजमा । अराजकता बढ्यो समाजमा । के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने ? जस्ता कुराहरू भएनन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म