कविता
एउटा देवता, धेरै विभेद
शनिबार, ०१ वैशाख २०८१, १६ : १५

एउटा ढुङ्गा देवता बन्यो
मानिसले ढुङ्गालाई देवता बनायो
ढुङ्गालाई देवता बनाउने मानिसले
मानिसलाई मानिस बनाएन ।
बरू बोल्न नसक्ने
चल्न नसक्ने ढुङ्गैढुङ्गाको आडमा,
अनेक थरी
विभेदको नियम बनायो
र, मानिसलाई मानिस बनाएन ।
न त देवता
बुझ्दछ विभेद
न त बुझ्न खोज्दछ मानिस
ढुङ्गाले के बुझोस् कुरा
मानिसले नै नबुझेपछि
रङ्गियो ढुङ्गो अबिरले
कोरिए विभाजनका रेखा
मानिस–मानिसमा
रिङ्गाउन थाल्यो विभेदको तापले
मानिस–मानिसको टाउकोलाई ।
ढुङ्गालाई देवता ठान्नेहरू
भन्छन् हाम्रो समाज मिलेको छ
एक छ
तर समाज
रोगी छ, ढोङ्गी छ
पत्रे ढुङ्गाजस्तै
विभेदका पत्रैपत्र छन्
यति धेरै विभेद
भएको हाम्रो समाजलाई
कसैले मिलेर बसेको
समाज हो, भन्छ भने
सम्झनुस्
त्यो पक्का विभेदकारी मानिस हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाना खाएपछि १० मिनेट हिँड्नुहोस्, रोगबाट टाढा रहनुहोस्
-
इटालियन सिरी’ए : शीर्ष स्थानको इन्टर मिलान जित्दा, एटलान्टा र युभेन्ट्स पछारिए
-
सर्बियाको राजधानीमा किन ओर्लिए लाखौँ मानिस ?
-
बुण्डेस लिगा : बायर लिभरकुजेन, आइन्ट्राच्ट फ्र्यान्कफर्ट र हिडेनहाइम विजयी
-
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले वर्षादेखि हावाहुरीको सम्भावना
-
‘ट्रम्प विरोधी’ भन्दै ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर