रातोपाटी साताको कविता
विक्रम सुब्बाका ३ कविता
शनिबार, ०१ वैशाख २०८१, १६ : १०

१) गायब सिंह
उसको निसानी चिह्न
हिंस्रक चार मुखे सिंहहरूको छ, तर
जताबाट हेरे पनि
एउटा सिंह कतै गायब हुन्छ सधैँ र त
छिमेकी सिमानाहरू रक्ताम्मे हुन्छन् ।
२) परेवा र चिल
जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै, खुला आकाशमा
चिलले परेवाको सिकार गर्छ
...र चिल ?
अमेरिकाको राष्ट्रिय पक्षी हो ।
३) काठमान्डु साहब
काठमान्डु साहबको खुट्टामा
फूलहरू टेक्ने, हिंस्रक
जनावरको छालाबाट निर्मित
काँटीदार कालो जुत्ता छ
काठमान्डु साहबको
हत्केलामा पाँच औँला छन्
सबैभन्दा सक्रिय चोर औँला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई