‘भिजिट भिसा’ निर्माण घोषणा

काठमाडौँ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा पहाडको खोँच, खोँचमा कुहिरो, हिमाली क्षेत्रमा पाइने बोटबिरुवाले हिमाली क्षेत्रको सङ्केत गरेको छ । पोस्टरमा प्राचीन बस्ती देखाइएको छ। बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन् । ढुङ्गाको छानो भएका बाक्लै घर तीन तलेसम्मका र सिँढी देखिन्छ । यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले सङ्केत गरेको छ ।
फिल्मका निर्माता टोपेन्द्र विष्टले फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई देखाउने बताए ।
मोती विष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् । बिराज विष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल
-
चिकित्सक संघका ३२ अध्यक्षको इतिहास समेटिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन
-
मेलम्चीको पाइप : काठमाडौँबासीलाई पानी कि ‘वाटर एम्बुस’ ?
-
सांसदहरूको प्रश्नः नेपालका नदीमा पानीजहाज कसरी आउँछ ?
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन