पोखरा महानगरमा राजश्व बक्यौता असुल गर्न समिति गठन

पोखरा । पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका लागि समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा बक्यौता असुली विषयमा अध्ययन गर्न समिति गठन गरिएको हो ।
समितिका सदस्यहरूमा वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी छन् भने समितिको सदस्य सचिवमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया छन् ।
महानगरको स्वामित्वमा रहेका सटरहरूको अवस्था, बहाल रकम असुलीको अवस्था र बक्यौता समेतको अध्ययन गरी प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको मेयर धनराज आचार्यले जानकारी दिए ।
पछिल्लो समय महानगरको स्वामित्वमा रहेका सटरहरूका विषयमा सार्वजनिक रूपमा गुनासो आएपछि अध्ययन समिति गठन गरिएको हो । यस्तै महानगरपालिकाले २०७५ सालदेखि उठ्न बाँकी बक्यौता राजश्वका विषयमा अध्ययन गर्न एक उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।
वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बरालको अध्यक्षतामा गठित समितिको सदस्यमा वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली, २० का अध्यक्ष गंगा बहादुर के.सी र एकजना चार्टर एकाउन्टेन्ट तथा सदस्य सचिवमा महानगरको सूचना अधिकारी तथा उपसचिव कृष्ण तिवारी छन् । समग्र महानगरपालिकाको कार्यक्षेत्र भित्र २०७५ सालदेखि हालसम्म राजश्व सङ्कलनको अवस्था, बक्यौता असुल उपरको अवस्था र समस्याबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?