मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किएभमाथि हत्या प्रयासको आरोप
शनिबार, ०१ वैशाख २०८१, १२ : १०
एजेन्सी । मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किएभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबीयू) का पूर्व कर्मचारी भासिली प्रोजोरोभले आरोप लगाएका छन् ।
मस्कोको उत्तरमा भएको कार विस्फोटमा उनी घाइते भएका हुन् । हत्या प्रयासमा युक्रेनी सम्लग्नता रहेको उल्लेख प्रोजोरोभलाई उद्धृत गर्दै राष्ट्रिय समाचार संस्था तासले गरेको छ ।
कोरोभिन्स्कोए राजमार्गमा शुक्रबार बिहान भएको गाडी विस्फोटमा प्रोजोरोभ घाइते भएका थिए भने विस्फोटमा नजिकैका धेरै कारहरू पनि क्षतिग्रस्त भएका छन् । सन् ११९९ देखि २०१८ सम्म, प्रोजोरोभ एसबीयूका कर्मचारी रहेका थिए ।
उनले आतङ्कवाद विरोधी केन्द्रको मुख्यालयमा एसबीयूको केन्द्रीय कार्यालयमा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर बढाउने घोषणापछि ट्रम्पलाई भेट्न अमेरिका पुगे ट्रुडो
-
दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल
-
ब्रेकअपका ५ चरण
-
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
-
पितृको सम्झनामा शिवालयमा छरियो शतबीज, तस्बिरहरू
-
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा