नेपथ्यसँगै नाच्यो बिर्तामोड

बिर्तामोड । लोकरक ब्याण्ड नेपथ्यले शुक्रबार डोमालाल रंगशालामा साङ्गीतिक कोशेली प्रस्तुत गरेको गरेको छ । अन्तिम साँझ मौसमी अनुकूलताका बिच ठिक साढे छ बजे कन्सर्ट प्रारम्भ भएको थियो ।
ब्याण्डले पूर्वी भेगबाटै सङ्कलित ‘कोशीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो । नेपथ्यका अधिकांश प्रस्तुतिहरूमा मध्यतिर मात्र देखिने दर्शकहरूको चर्को उत्तेजना अनि जताततै नृत्यको दृश्य यसपाला बिर्तामोडमा भने प्रारम्भदेखि देख्न पाइयो ।
‘कोशीको पानी’ पछि क्रमैसँग ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरूसँग संवादको थालनी गरे । ‘बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीहरूलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,’ उनले दर्शकहरूतर्फ हात फैलाउँदै भने, ‘भोली यो पूर्वी भेगबाट हुने सूर्योदयले हामी सबैको जीवनमा सुख र शान्ति ल्याओस् ।’
त्यसपछि अमृतले ब्याण्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माग्दै ‘आँगनैभरि’ सुनाएका थिए । त्यसलाई ‘लामपाते सुरती’ र ‘चरी मर्यो’ गीतले निरन्तरता दिएको थियो । कार्यक्रम अघि बढ्दै जाँदा एक ठाउँमा अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाइरहेका थिए । शुक्रबारको कन्सर्टमा अमृतले पूर्व देखि पश्चिम कुनासम्मबाट पैदल यात्रा गर्दै सङ्कलन गरेका गीतहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रम हेर्नका निम्ति सीमावर्ती भारतीय बस्तीहरू हुँदै सिक्किम र भुटान छेउको जयगाउँ सम्मका दर्शकहरू आएका देखिन्थे । कार्यक्रमको अन्त्य भने सधैँजस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान् ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
-
पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको हो : महत
-
मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल
-
गृह प्रदेशमै एमाले अध्यक्ष ओलीलाई चुनौती
-
प्रभु साहको प्रश्न, ‘नेपाल एयरलाइन्स किन घाटामा ?’
-
सहकारी बैङ्क र सहकारी संस्थाका पदाधिकारीको सम्पत्ति रोक्का गरौँ : सांसद सुवाल