आरजेडीको घोषणापत्र : अग्निवीर योजना अन्त्य, एक करोडलाई रोजगारी
बिहार । बिहारको प्रमुख विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवले लोकसभा चुनावका लागि पार्टीको घोषणापत्र जारी गरेका छन् । घोषणापत्रमा यादवले दुई सय युनिट निःशुल्क बिजुली, ५ सयमा ग्यास सिलिण्डर र बिहारलाई विशेष राज्यको दर्जा दिने वाचा गरेका छन् ।
घोषणापत्र जारी गर्दै तेजस्वी यादवले भने, ‘हाम्रो पार्टीले सरकार बनायो भने बिहारलाई विशेष राज्यको दर्जा दिइनेछ र बिहारले १ लाख ६० हजार करोडको विशेष प्याकेज पाउनेछ । बिहारमा प्रत्येक परिवारले प्रति महिना २०० युनिट निःशुल्क बिजुली पाउनेछ। ग्यास सिलिन्डरको मूल्य ५ सय रुपैयाँ पुर्याइनेछ ।’
यादवले सरकार बनेमा एक करोड सरकारी रोजगारी दिने वाचा पनि गरेका छन् । तेजस्वी यादवले भने, ‘देशमा ३० लाख सरकारी जागिर खाली छ, हाम्रो सरकार बनेपछि एक करोड सरकारी जागिर दिइनेछ ।’ तेजस्वी यादवले आफ्नो सरकार बनेमा अग्निवीर योजना खारेज हुने पनि बताए । तेजस्वी यादवको पार्टी आरजेडी भारत गठबन्धनको हिस्सा हो। आरजेडीले बिहारको ४० लोकसभा सिटमध्ये २३ मा चुनाव लडिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल
-
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
-
पितृको सम्झनामा शिवालयमा छरियो शतबीज, तस्बिरहरू
-
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा
-
संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला
-
के हामीलाई कसैले सम्झँदा बाडुली लाग्छ ?