३ जना मृत अवस्थामा फेला
शुक्रबार, ३० चैत २०८०, १९ : १२
काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका-११ घर भई सोही नगरपालिका-४ बोहरागाउँ बस्ने ३१ वर्षीय सुनिल आचार्य सोही नगरपालिका-४ स्थित भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ पक्लीहवास्थित कृषि क्याम्पसमा कार्यरत महोत्तरी पिपरा गाउँपालिका-१ घर भएका ४२ वर्षीय डा. जितेन्द्र मिश्र आफ्नै निवासमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका-१६ भँगेरीथानस्थित नारायणी नदीमा पनि अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग