सङ्घीयता नै खारेज हुने खतरा छ : निवर्तमान मुख्यमन्त्री चौधरी

काठमाडौँ । निवर्तमान मुख्यमन्त्री एवम् लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्घीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मतसम्बन्धी पेस गरेको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले सङ्घीयता कार्यान्वयनमा प्रचण्ड नभएको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डले म त सबैभन्दा ठुलो खेलाडी सोचेका होलान् । तर उहाँको गतिविधिले सङ्घीयता समाप्त हुने खतरा छ । यसमा उहाँले ध्यान दिनुपर्ने बेला आएको छ’, उनले भने ।
प्रदेश प्रमुखले आफू अनुकूल काम गर्दा प्रदेश नै खारेज हुने खतरा रहेको उनले औँल्याए । ‘अहिले सङ्घीयता रहन्छ कि रहँदैन ? संविधान बचाउन सक्छ कि सक्दैनौँ ? यही प्रदेशसभा अन्तिम हो कि ? कुर्सी खाली भएर सङ्घीयता नै खारेज हुने त होइन ? कता–कता मलाई डर लागेको छ’, सङ्घीयतामाथि प्रश्न उठाउँदै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो