कांग्रेस नेता खेमराज पौडेलको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता खेमराज पौडेलका निधन भएको छ । शुक्रबार बिहान पोखराको फेवासिटी अस्पतालमा ८० वर्षको उमेरमा पौडेलको निधन भएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए ।
कांग्रेसस पार्टी कार्यालय पोखरामा श्रद्धान्जली सभा गरेर आजै पोखराको रामघाटमा दाहसंस्कार गरिने बरालले बताए । पौडेल कांग्रेस जिल्ला सदस्य, सचिव, उपाध्यक्ष भएका थिए । २०५९ सालमा कांग्रेस विभाजन भइ शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस (लोकतान्त्रिक) बन्दा उनी कास्की सभापति भएका थिए ।
कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसम्म बनेका उनी सुकुम्वासी आयोगका अध्यक्ष पनि भएका थिए । २०७६ मा कास्की–२ मा भएको उपनिर्वाचनमा पौडेललाई कांग्रेसले उम्मेदवार बनाएको थियो । एमाले नेता रविन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा पौडेल अधिकार पत्नी विद्या भट्टराईसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु
-
नाडा अटो शो २०२५ को रजिस्ट्रेसन सुरु
-
नागरिकलाई गुणस्तरीय सेवा दिन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री लामा
-
प्रहरी स्टाफ कलेज विवाद : चैत ४ मा दुवै पक्षलाई छलफलमा बोलाउने सर्वोच्चको आदेश