इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ? भन्दै प्रश्न गरे । उनले स्वास्थ्यमा हानी पुर्याउने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताए ।
पौडेलले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताए । उनले युवाहरु मद्यपान र धुम्रपानमा बढी रुमल्लिरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गरे ।
पौडेलले भने, ‘नेपाली नागरिक कसरी स्वस्थ बनाउन सकिन्छ ? यो राज्यको प्राथमिक विषय बन्नुपर्छ । युवा जनशक्ति स्वस्थ नबन्ने जुन खालको परिस्थिति बनेको छ, नीतिगत पक्षबाटै त्यसलाई हामीले राक्नेगरी न्युनीकरण गर्नेगरी जानुपर्छ । त्यसको लागि मुख्य विषय कानुन बनाउने नै हो । कानुनबाटै हामीले निषेध गर्नसक्यौँ भने, कानूनबाटै रिफ्लेक्ट गर्नसक्यौँ भने धेरै समस्या समाधान हुनसक्छन् ।’
नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरु समाधान हुने जिकिर समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन