वर्षको अन्तिम दिन :
सुनको मूल्यमा १ लाख ३९ हजारको रेकर्ड !
शुक्रबार, ३० चैत २०८०, १९ : ३९

काठमाडौँ । यो वर्षको अन्तिम दिन शुक्रबार सुनमा हालसम्मकै उच्च मूल्य कायम भएको छ । चैत ३० गते छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो ।
योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ ।
यता चाँदीको मूल्य भने वर्षभरिमा तोलामा ५३२ रुपैयाँ बढ्दै १ हजार ७७५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा