मिडिया काउन्सिल विधेयक आजै पारित गर्ने सरकारको तयारी

काठमाडौँ । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक आजको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् । काठमाडौँमा आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको १२ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन् ।
उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौँ । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’
उनले विज्ञापन नियमावलीमा संशोधन गरिएको भएता पनि नियमावलीमा मात्रै संशोधनले नपुग्ने अवस्था देखिएको बताइन् । विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उनको भनाई छ ।
उनले भनिन, ‘विज्ञापन नियमावलीमा संशोधन गरिएको छ । तर विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ । ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौँ । विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन बोर्डको बीचमा भन्दा विज्ञापन बोर्डले आवश्यक परे प्रयोग गर्न सक्ने गरी हामीले व्यवस्था गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प