सुदर्शनको ‘रावायण’मा एक्सन अवतारमा देखिँदै पल
शुक्रबार, ३० चैत २०८०, १० : २३
-(1)_U5Cz1HJ1eb.jpg)
काठमाडौँ । सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘रावायण’मा अभिनेता पल शाह एक्सन अवतारमा देखिने भएका छन् । सधैँ चकलेटी र रोमान्टिक फिल्ममा देखिएका पललाई यो पटक आफूले एक्सन अवतारमा उतार्न लागेको निर्देशक थापाले बताए ।
फिल्मका लागि पल एक सातादेखि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक्सन सिकिरहेका छन् । पलको अहिले ‘पुजार सार्की’ फिल्म रिलिजको तयारीमा छ । २०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ वैशाखबाट छायाङ्कनमा जाँदै छ ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा फिलम बन्न लागेको हो । फिल्ममा पलसँगै पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल
-
नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल
-
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी