शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

फ्राईडे रिलिज : ‘डिग्री माइला’ भर्सेज ‘द रेड सुटकेस’, चौथो सातामा ‘महाजात्रा’

शुक्रबार, ३० चैत २०८०, ०९ : ०४
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । वर्ष २०८० को अन्तिम दिन आज शुक्रबारबाट दुई नयाँ फिल्म नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ । फ्राईडे रिलिज अन्तर्गत यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

नयाँ वर्ष २०८१ लाई स्वागत सहित प्रदर्शनमा ल्याइएको यी फिल्मका कथावस्तु भने फरक छ । ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजबाट प्रदर्शनमा आए पनि देशभरका फिल्म हल यी दुवै फिल्मले मात्र पाएको छैन । ४ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’को व्यवसाय अझै राम्रो भएकोले धेरै हलमा समेत कब्जा जमाएको छ । 

‘डिग्री माइला’ :
रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’मा दयाहाङ राई  र आँचल शर्मा मुख्य भूमिका छ । अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि ‘डिग्री माइला’ नाटकसमेत मञ्चन भएको थियो । फिल्म सोही नाटकमा आधारित रहेको छ । फिल्मको बिहीबार साँझ प्रिमियर भएको थियो । जसमा फिल्म मन परेको धेरैले प्रतिक्रिया दिएका थिए ।

फिल्ममा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिन्छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइन बनाएको फिल्म बाँसुरी फिल्मसले कबड्डी फिल्मस तथा सुष्मा फिल्मससँग मिलेर निर्माण गरेको हो ।

फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । 

‘द रेड सुटकेस’ :

फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ विश्व चर्चित फिल्म हो । डेढ दर्जन बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा छानिएर पुरस्कार समेत जित्न सफल फिल्मको बुधबार मंगलबार प्रिमिएर भएको थियो । जसमा फिल्म हेर्ने अधिकांशले एउटा अनौठो र दुर्लभ शैलीको फिल्मको रुपमा ‘द रेट सुटकेस’ लाई प्रिमियरमा चर्चा गरेका थिए ।

फिल्म नेपालका क्युएफएक्स चेनका सिनेमा घरबाहेक बाँकी सबै हलमा प्रदर्शनमा आएको छ । फिल्म काठमाडौँका बिग मूभिज, आईएनआई सिनेमा लोत्सेमल, एफक्युव सिनेमा चावहिल, वान सिनेमा बानेश्वर, रञ्जना सिनेप्लेक्स, बिएसआर मूभिज गोङ्गबु, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज सितापाईला, सिटीम्याक्स सिनेमा, वान सिनेमा कालिमाटी, इन्फिनिटी मूभिज गोङ्गबु, आईएनआई सिनेमा नयाँ बानेश्वर, सि डिसी सिनेमाज सुन्धारा, कमलविनायक सिनेमाज भक्तपुरमा प्रदर्शन भएको बताइन्छ । 

फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको मुख्य भूमिका छ । फिल्मको सम्पादन श्रीलङ्कामा समन अलभितिगाले गरेका हुन् भने छायाकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मका अन्य निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह–निर्मातामा श्रीलङ्काका विमुक्ति जयसुन्दरा रहेका छन् ।

‘महाजात्रा’ :

‘महाजात्रा’ प्रदीप भट्टराईको लेखन निर्देशन रहेको फिल्म हो । प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो व्यवसाय गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । फिल्मले तीन सातामा १४ करोड बढी कमाएको छ ।

हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप