ललितपुर महानगरका दश महिला समूह सम्मानित
पाटन । ललितपुर महानगरपालिकाले महानगरभित्रका दशवटा महिला समूहलाई सम्मान गरेको छ । महानगरले आज आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं ६ मा रहेको वैश्य वर्णं माँ पुचःलाई सर्वोत्कृष्ट महिला समूह घोषणा गर्दै पुरस्कृत गरेको छ ।
वैश्य वर्ण माँ पुचसहित अरु नौवटा समूह उत्कृष्ट महिला समूहको रुपमा पुरस्कृत भएका हुन् । महानगरले प्रत्येक वर्ष महानगरभित्र रहेका महिला समूहले गरेको कामको आधारमा उत्कृष्ट महिला समूह छनोट गर्ने गरेको छ ।
त्यसैगरी, वडा नं ६ मा रहेको सिन्चाहिटी मिसा पुचः, वडा नं ११ मा रहेको दथुलँ महिला समूह, वडा नं २४ धापाखेलमा रहेको श्री शक्ति महिला समूह, वडा नं २९ हरिसिद्धिमा रहेको विहार महिला समूह पहिलो पटक उत्कृष्ट महिला समूहमा सम्मानित हुन सफल भए ।
त्यस्तै, वडा नं २ सानेपामा रहेको साहसी महिला समूह, वडा नंं १३ एकान्तकुनामा रहेको नारी जागृति समूह यस वर्षपनि उत्कृष्ट महिला समूहमा पुरस्कृत भए । यी दुई समूह अघिल्लो वर्ष पनि उत्कृष्ट समूहमा पुरस्कृत हुन सफल भएका थिए ।
त्यस्तै,वडा नं ६ मा रहेको कनिबहाल जागृति महिला समूह, वडा नं ९ मा रहेको सप्तखेल मिसा पुचः र वडा नंं ९ मा रहेको लोल महिला बचत तथा ऋण समूह तेस्रो पटक सम्मानित हुन सफल भए । पुरस्कृृत हुने महिला समूहलाई महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमख मञ्जली शाक्य बज्राचार्यले पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।
पुरस्कार वितरणसँगै मन्तव्य राख्दै नगरप्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट महिला समूहले गरेका सकारात्मक प्रयासको प्रशंसा गरे ।
“तपाईहरु टोल, छिमेक, गाउँ र वडाको नेता हो । अरुले पछ्याउन मिल्ने खालका काममा लाग्न तपाईंहरुलाई सल्लाह दिन चाहान्छु । म २०३८ सालदेखि तीन पटक वडाध्यक्ष, दुई पटक नगरप्रमुख भएँ, अहिलेसम्म एक जना महिला पनि वडा अध्यक्षमा जितेको छैन, एक दुई जना महिला त वडा अध्यक्षमा आउनुपर्ने हो नि ! अब, २०८४ मा २९ वटा वडामध्ये घटीमा पनि तीन जना वडाध्यक्ष महिला आउन सक्नुस्, मेरो शुभकामना छ ।” महर्जनले भने ।
उनले विगतमा आफूले प्लास्टिक झोलामुक्त बनाउने भनेर घोषणा गरेको तर त्यसको विकल्पमा अहिलेसम्म केही हुनसकेको छैन भन्दै महिला समूहलाई त्यसका लागि योजना लिएर आउन र आफू सहयोग गर्न चाहने बताए ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले समूहमार्फत समुदाय र घरलाई समृद्ध बनाउन सकेमा महत्वपूर्ण काम हुन्छ भन्ने धारणा राख्दै महानगरले महिला समूहसँग नमुनायुक्त टोल बनाउन सकरात्मक भूमिकाको अपेक्षा गरेको बताइन् ।
उनले समृद्धिको लागि सामाजिक रुपान्तरणमा समूहको उत्कृष्ट भूमिकाको अपेक्षा गरिन् । सामाजिक विकास समितिका संयोजक, वडा नं ९ का वडाध्यक्ष तथा प्रवक्ता राजु महर्जनले विसं २०७९ मा उत्कृष्ट समूह घोषणा गर्दा उद्यमशील महिला समूहलाई प्राथमिकता दिने भन्ने थियो भन्दै यस पटक विगतका मापदण्ड बाहेक उद्यमशीलताले पनि प्राथमिकता पाएकोमा खुसी व्यक्त गरिन् । उनले सबै महिला समूहले एउटै कुरामा केन्द्रीत हुने भन्दा पनि फरक फरक विषयमा ध्यान दिन आग्रह गरिन् ।
सम्मानित हुनेहरूको तर्फबाट मन्तव्य राख्दै सिञ्चाहिटी मिसा पुचः कि अध्यक्ष शान्ति श्रेष्ठ महर्जनले हरेक कामको मूल्याङ्कन हुनु राम्रो कुरा भएको बताउँदै समाज कल्याण महाशाखाले महिलाको नेतृत्व, व्यक्तित्व विकासमा अत्यन्तै महत्वपूर्ण सहयोग गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’