बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

वीरगन्जमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी

बिहीबार, २९ चैत २०८०, २० : ५७
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । गृह र अर्थ मन्त्रालयको आयोजनामा पर्साको वीरगन्जमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रचलित कानुनको अधीनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताए । उनले भने,‘राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ–आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्छ ।’

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा बताए । 

कार्यक्रममा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेस प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप