छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भोजपुरको आमचोक गाउँपालिका-१० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-६ देवानटार बस्ने २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका-१३ स्थित सान्दाने खोलामा पनि पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-१३ लेखडाँडा बस्ने सुरज मगरको छोरा ८ वर्षीय श्रवण मगरको मृत्यु भएको छ । डुबेर घाइतेक्त भएका उनको नगर अस्पताल सिर्थौली दुधौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रूकुम पश्चिमको वाफिकोट गाउँपालिका-४ छिनखेतस्थित फोहोर पानी जम्मा हुने खाडलमा डुबेर दैलेख भगवतीमाई गाउँपालिका-५ घर भएकी याम कुमारी थापाको छोरा ५ वर्षीय हिमेश थापाको मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद
-
बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने
-
राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग