सर्लाहीबाट ५३ राउण्ड गोली बरामद
बिहीबार, २९ चैत २०८०, २० : २४

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद गरेको छ ।
उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने