चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुनेमा महामन्त्री थापाको विश्वास

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।
उनले प्रतिवेदनले आधार र कारण खुलाएर जस–जसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षा मन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिँदै महामन्त्री थापाले भने,‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिका बिचमा प्रतिवेदन सार्वजनिक गर्नुनै आफैँमा सकारात्मक छ । प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन्, त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि झोलुङ्गे पुल जोखिममा
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
-
नेपाली चिया प्रमुख निर्यातजन्य बाली हो : मन्त्री अधिकारी
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने