फेवातालमा डुंगा दुर्घटना, एक युवतीको सकुशल उद्दार
बिहीबार, २९ चैत २०८०, १७ : ४८

कास्की । फेवातालमा अचानक आएको हावाहुरीको कारण बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो ।
फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनको अवस्था सामान्य रहेको थापाले बताए ।