शहीद धर्मभक्तमा २३ औँ कलेजो प्रत्यारोपण गरिएका व्यक्ति डिस्चार्ज
बिहीबार, २९ चैत २०८०, १७ : २४

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा २३ औँ कलेजो प्रत्यारोपण गरेका सिन्धुपाल्चोकका ५५ वर्षीय व्यक्ति सकुशल डिस्चार्ज भएका छन् । कलेजो प्रत्यारोपण भएको १० औँ दिनमा उनी सकुशल डिस्चार्ज भएका हुन् । उनलाई २३ वर्षीय छोरीले कलेजो दान दिएकी थिइन् ।
केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्रको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यसवर्ष मात्रै १३ जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । योसँगै अस्पतालमा कलेजो प्रत्यारोपणले गति लिँदै गएको निर्देशक डा.चन्द्रले बताए ।
केन्द्रमा हालसम्म २३ जनाको दक्ष तथा अनुभवी शल्य चिकित्सकहरूको टोलीबाट सफल कलेजो प्रत्यारोपण हुँदै आएको केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह