दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी

सियोल । दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ । डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको हो । यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति भएका युन सुक योललाई पनि समस्यामा पारेको छ ।
निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू समावेस गर्दा विपक्षी डिपीले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ । यसैगरि पिपिपी लगायतका गठबन्धन पार्टीले एक सय आठ सिट प्राप्त गरेको छ ।
योन्हाप समाचार एजेन्सीका अनुसार भ्रष्टाचार आरोपमा मुछिएका पूर्व न्यायमन्त्री चो कुक नेतृत्वको रिबिल्डिङ कोरिया पार्टीले १२ समानुपातिक सिट र पिपिपीका पूर्व नेता ली जुन–सिओकको नेतृत्वमा रहेको न्यू रिफर्म पार्टीले दुई स्थान जित्न सफल भएको छ ।
चार वर्षअघि भएको चुनावमा सहयोगी दल समेतको सहयोगमा डीपीले एकसय ८० सिट जितेको थियो भने पिपिपीले एकसय तीन सिट जितेको थियो ।
चुनावका लागि योग्य चार करोड ८२ लाख कुल मतदातामध्ये ६७ प्रतिशतले मतदान गरेको स्रोतले जनाएको छ । दक्षिण कोरियाली निर्वाचन आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो ।
चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले जनताको इच्छालाई गम्भीरतापूर्वक स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । -(रासस / एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती