लगानी सम्मेलनलाई निजी क्षेत्रले छान्यो परियोजना, जलविद्युतदेखि रिसोर्टसम्म

काठमाडौँ । आगामी लगानी सम्मेलनमा सहभागिता जनाउने विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गर्न निजी क्षेत्रले १२ परियोजना तयार पारेको छ । हालसम्म दुई दर्जनभन्दा बढी देशका लगानीकर्ताले सहभागिताको प्रतिबद्धता जनाइसकेको सम्मेलनमा निजी क्षेत्रको छाता सङ्गठन र अन्य संस्थाले समेत आयोजनाको सूची तयार पारेका हुन् ।
यसअघिका दुई लगानी सम्मेलनको अनुभाव सदुपयोग गर्दै वैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रलाई सह–आयोजक बनाइएको छ । सह–आयोजकको भूमिकामा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स छन् ।
लगानी बोर्डको कार्यालयले यी तीनै छाता सङ्गठनलाई आयोजना पहिचान गर्न अनुरोध गरेको थियो । सोअनुसार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना पहिचान गरेर प्रस्तुत गर्नका लागि बोर्डको कार्यालयमा पठाइसकेको छ । बोर्डले दिएको जानकारीअनुसार निजी क्षेत्रबाट सम्मेलनमा प्रस्तुतका लागि १२ वटा आयोजनाको सूची आएको छ ।
आयोजना पहिचान गरेर बोर्डको कार्यालयमा पठाउने निजी क्षेत्रहरूको सूचीमा अमेरिका चेम्बर अफ कमर्स र खनिज उत्खनन उद्योग प्रालि समेत छन् । महासङ्घले ७, अमेरिका चेम्बरले ४ र खानि उत्खनन उद्योगले एउटा आयोजनाको सूची पठाएको छ । महासङ्घले सिकलेस–अन्नपूर्ण केबलकारलाई सम्मेलनमा प्रस्तुत गर्नुपर्ने परियोजनाको सूचीमा राखेको छ ।
यसपछि भरतपुर आइसल्यान्ड रिसोर्ट एन्ड वाटरल्याण्ड, मध्य कालिगण्डकी हाइड्रोपावर, तिप्ल्याङ कालिगण्डकी हाइड्रोपावर, आईएमई सिमेन्ट र काठमाडौं प्राविधिक स्कुलजस्ता परियोजना सम्मेलनमा प्रस्तुत गर्नुपर्नेको सूचीमा राखेर बोर्डमा पठाएको छ ।
यस्तै अमेरिका चेम्बरले ह्याप्पी ल्याण्ड पार्क एन्ड रिसोर्ट, एडभेन्चर रिसोर्ट एन्ड रिट्रिट सेन्टर, कम्पोस्ट फर्टिलाइजर कम्पनी र बहुतले पार्किङ परियोजना बोर्डलाई पठाएको छ । यसबाहेक खानी उत्खनन उद्योगले अर्घाखाँची र प्युठानमा चुनढुङ्गा उत्खनन परियोजनालाई प्रस्तुत गर्नुपर्ने सुझाव पठाएको छ । र बोर्डले यी परियोजनालाई प्रस्तुतको सूचीमा समेत राखेको छ । यो सूचीमा केही थपघट हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली