बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वन डढेलो नियन्त्रणका लागि सहकार्य गर्न महासंघको अनुरोध

बिहीबार, २९ चैत २०८०, १३ : ३९
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । वन डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता महासंघले सरोकारवाला निकायसँग अनुरोध गरेको छ । लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको शुरुवात आदि प्राकृतिक कारण र सेचतनाको कमी र लापरबाहीले वन डढेलो बढिरहेको छ ।

डढेलो नियन्त्रण सम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरुको प्रभावकारी कार्यान्वयनको कमी र सम्बन्धित निकायहरुबिच समन्वयको अभाव जस्ता मानवीय कमजोरीका कारण पनि वन डढेलो बढ्दै गएको महासंघको दावी छ । महासंघले विज्ञप्ति जारी गर्दै डढेलोका कारण व्यापक रुपमा हुन गएको जनधनको क्षतिप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ ।

हालै डोल्पाको ठुलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा तीन जना नेपाली सेनाको मृत्यु भएको थियो भने कालिकोट, भोजपुर, धनकुटा, ललितपुर लगायतका जिल्लामा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरुको मृत्यु भएको छ । महासंघले घाईतेहरुको तत्काल निःशुल्क उपचार र आगलागीबाट मृत्यु हुने व्यक्तिका परिवारको लागि उचित क्षतिपुर्ति तथा राहत उपलब्ध गराउन सरकारी निकाय र सरोकारवालाहरुसँ माग गरेको छ ।

पूर्वमनसुन प्रणाली सकृय नभएको र औषत तापक्रम निरन्तर बढ्दै गएका कारण वन डढेलोको प्रकोपमा थप वृद्धि हुन सक्ने भन्दै महासंघले डढेलो नियन्त्राका लागि केही विधि अपनाउन आह्वान गरेको छ । 

सरकारवाला निकायले ध्यान दिनुपर्ने कुराहरु
– दैनिक रुपमा वनमा जाने गोठाला, घाँस दाउरा गर्न जानेकृषक समूह तथा जडीबुटी. र काठ दाउरा संकलन गर्न जाने व्यक्तिहरुलाई वनमा डढेलो लाग्न नदिनका लागि वन क्षेत्रमा नै गई नियमित रुपमा सचेतना अभिवृद्धि गरी निरोधात्मक उपायहरु अवलम्बन गर्ने ।

– वन क्षेत्रमा जाँदा आगलागी गराउन सक्ने वस्तु नलैजान सचेत गराउने र वनमा आगलागी गराएमा कडा कानुनी कारबाही हुने भनी सचेत गराई निषेधात्मक उपायहरु अवलम्बन गर्ने ।

– सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो वन व्यवस्थापन योजनामा गरिएको व्यवस्था अनुसार अबिलम्ब अग्नी रेखा निर्माण तथा पूनःनिर्माण गर्ने, वन र बस्ती वीचमा भएका पत्कर तथा झाडी हटाउने जस्ता कार्य गरी वनमा प्राकृतिक रुपमा आगलागी भइहालेमा थप फैलन नदिने जस्ता नियन्त्रणात्मक कार्यहरु गर्ने ।

– कुनै कारणले वनमा आगलागी भएको देखिएमा नियन्त्रणका लागि तत्काल सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र अन्य सहयोगी सरोकारवाला निकायहरुलाई खवर गरी सहयोग र सहकार्यका लागि आग्रह गरी समुदाय परिचालन गर्दै समुदायस्तरमा प्राप्त स्रोत साधनको उपयोग गरी वन डढेलो थप फैलन नदिई नियन्त्रण गर्ने ।

– वन डढेलो नियन्त्रण गर्दा सामुहिक प्रयास जारी राखी सकेसम्म मानवीय क्षति हुनबाट बच्ने उपाय अवलम्बन गर्ने र कुनै व्याक्ति वन डढेलोको चपेटामा पर्न गएमा तत्काल उपचारमा प्राथमिकता दिने ।

– वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता समूहले मागेको सहयोग समयमा नै उपलब्ध गराउने र वन डढेलो नियन्त्रणका लागि वन उपभोक्ता समूहलाई औजार, प्राविधिक सहयोग र अन्य आवश्यक सहयोग उपलब्ध गराउने ।

– वन डढेलो नियन्त्रणका क्रममा कैयौंको संख्यामा वन उपभोक्ता समूहका सदस्यहरु घाइते भएकोले तत्काल स्रोत साधन सम्पन्न अस्पतालमा निःशुल्क उपचारका लागि सम्बन्धित स्थानीय तह, नेपाल सरकार तथा प्रदेश सरकारका सम्बन्धित निकायले सहयोग पुर्याउने ।

– वन डढेलो नियन्त्रणका क्रममा घाइते भएका व्यक्तिका परिवारलाईअबिलम्ब राहत उपलब्ध गराउने ।

– वन डढेलो प्रभावित समुदाय र खासगरी सुरक्षा निकायका बीच निरन्तर सहकार्य गर्ने वातावरण सृजना गर्ने ।

– वन डढेलोका कारण हुन जाने कार्वन उत्सर्जनले विश्वव्यापी तापक्रम समेत बढन जाने र वायु प्रदुषण समेत वृद्धि भई गम्भीर स्वास्थ्य समस्या सृजना हुने भएकोले वन डढेलोलाई सबैको साझा चुनौतीको रुपमा लिई समुदाय, सरकार र सरोकारवालाहरुका बीचमा गहन सहकार्य हुनु पर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप