राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओमा खनाल, श्रेष्ठको अवकाश

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएका छन् । उनी २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रथम पटक नियुक्त भएका थिए । यस्तै उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।
यसैबीच बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम(का.मु.) को जिम्मेवारी तोकिएको छ ।
बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वयय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
-
अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
-
दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल
-
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति