के ‘महाजात्रा’ ले तोड्न सक्ला जारीको रेकर्ड ?

काठमाडौँ । वर्ष २०८० को सफल फिल्ममध्ये सर्वाधिक कमाउन फिल्म हो ‘जारी’ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले बक्स अफिसमा १७ करोड ग्रस कलेक्शन गरेको थियो ।
गत चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ अहिले राम्रो कमाइका साथ अगाडि बढिरहेको छ । फिल्मले रिलिजको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्म ‘जारी’ को रेकर्ड तोड्ने बाटोमा रहेको छ ।
दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्शन गरेको फिल्मले तेस्रो सातामा थप ४ करोडको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । फिल्मको व्यापार तेस्रो सातासम्म १४ करोड ग्रस पुगेको म्याक्सका दीपेश खत्रीले बताए । उनले भने, ‘महाजात्रा’लाई फिल्म ‘जारी’को रेकर्ड ब्रेक गर्न अब साढे ३ करोड माथिको ग्रस कलेक्शन गर्नुपर्ने देखिएको छ ।’
नयाँ वर्षमा पनि फिल्मले हलमा राम्रो शोज पाएको छ । त्यसले फिल्मको व्यवसाय राम्रो हुने अनुमान गर्न सकिन्छ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा वर्षा राउत, दिव्यदेव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै