फोनपेले गर्यो इसेवा र होटल संघ नेपालसँग साझेदारी

काठमाडौँ । नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको फेवा महोत्सवमा PhonePe भारतले नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र होटल संघ नेपालसँग साझेदारीको घोषणा गरेको छ ।
यस वर्ष, नेपालमा UPI को लोकप्रियता बढाउने बढाउने उद्देश्यले PhonePe ले फेवा नयाँ वर्ष महोत्सवमा ग्राहकहरूमाझ UPI को प्रयोगले डिजिटल भुक्तानीमा हुने सहजता झल्काउने कार्य तथा स्थानीय व्यापारीहरू बीच डिजिटल भुक्तानीको बारेमा चेतना जगाउने उद्देश्यले थुप्रै गतिविधिहरू गर्दैछ । डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा UPI मार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तरक्रियात्मक गतिविधिहरूको नेतृत्व इसेवा र भारतीय फोनपेले होटल संघ पोखराको सहकार्यमा गर्न लागेको जनाइएको छ । महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी अन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।
यस साझेदारीको बारेमा फोनेपे इन्टरनेशनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक रितेश पाईले भने, "प्रख्यात नेपाली महोत्सव फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटल संघ नेपालसंग साझेदारी गरी नेपालमा UPI प्रणालीलाई लोकप्रिय बनाउन पाउदा हामी निकै उत्साहित छौं। यस सुन्दर ठाउँको सङ्गीत, खाना र संस्कृतिको अनुभव गर्न हरेक वर्ष भारतबाट थुप्रै पर्यटकहरू नेपाल आउने गर्दछन् त्यसैले हाम्रो फोकस नेपालमा Fonepay नेटवर्कमा UPI को स्थान सुनिश्चित गर्न व्यापारीहरूलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुनेछ। यो साझेदारीले नेपालको डिजिटल परिदृश्यमा परिवर्तन ल्याउनका साथै भारतीय PhonePe प्रयोगकर्ताहरूले जुनसुकै स्थानमा आफ्नो आवश्यकता अनुसार सहजै लेनदेन गर्न सक्नेछन्।”
यसैगरी इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले भने, "फेवा नयाँ वर्ष महोत्सवका लागि फोनपे र होटल संघ नेपालको साझेदारी नेपालमा डिजिटल भुक्तानीलाई थप प्रवर्द्धन गर्ने सुनौलो अवसर हो। देशको अग्रणी डिजिटल वालेटका रूपमा डिजिटल भुक्तानी इकोसिस्टमलाई बढाउँदै र व्यापारीहरू तथा उपभोक्ताहरू दुवैका लागि सुविधाजनक समाधानहरू प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौं। भारतीय पर्यटकहरू नेपाली पर्यटनका लागि एक प्रमुख आधार भएकाले, यो कदमले भारतीय पाहुनाहरुको आवश्यकताहरू पूरा गर्न र उनीहरूको समग्र अनुभव बृद्धि गर्न पङ्क्तिबद्ध रहेको छ। यस सहकार्य मार्फत, हामीले नेपालमा UPI र Fonepay नेटवर्क प्रयोग गर्नुका फाइदाहरू र व्यापारीहरूलाई डिजिटल लेनदेनहरूका लागि सशक्त बनाउने र नेपालको डिजिटल अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउने गर्ने लक्ष्य राखेका छौं। साथै, हामी विस्वस्त छौं कि यस्तो सहकार्यले नेपाली आर्थिक परिवेशमा वित्तीय समावेशीकरण र पहुँचलाई थप बढावा दिनेछ।"
प्रसङ्गमा जोड्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, “नेपाली नयाँ वर्ष २०८१ को हर्षोल्लासका साथ १९औँ फेवा नयाँ वर्ष महोत्सवले ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटल संघ नेपालको सहकार्यमा पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरुमा २०% सम्म छुट दिने व्यवस्था मिलाइएको छ।"
यस सहकार्यको बारेमा बोल्दै फोनपे नेपालका प्रमुख कार्यकारी निर्देशक दिवास सापकोटाले भने, “नेपालमा फोनपे नेटवर्कमा UPI क्षमताहरूको एकीकरणलाई प्रवर्द्धन गर्न फोनेपे इन्डिया , इसेवा र नेपाल होटल व्यवसायी संघसँगको रणनीतिक साझेदारीले हामीलाई धेरै खुशी प्रदान छ। फेवा नयाँ वर्ष महोत्सव यस सहकार्यको प्रभावलाई दर्शाउने एक बिशेष स्थानको रूपमा रहेको छ। पर्यटकहरुको ठूलो सहभागिताको साथ, यस महोत्सवले मानिसहरूलाई नेपालको सांस्कृतिक र आर्थिक केन्द्रको अनुभव झल्काउनुका साथै सबैलाई भुक्तानी प्रविधिमा भएको प्रगतिको प्रत्यक्षदर्शी हुने र अनुभव गर्ने मौका दिन्छ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त