आठौँ भक्तपुर महोत्सव : १ लाख जनाले गरे अवलोकन

भक्तपुर । आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
“२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले भने । सातौँ दिनसम्म आइपुग्दा सहभागिता उत्साहजनक रहेको महतको भनाई छ ।
मंगलबार भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा सुरु भएकाले अबका दिनका महोत्सव अवलोकन गर्ने आउनेहरूको सङ्ख्यामा वृद्धि हुने आयोजकहरूको अपेक्षा छ ।
आज २८ गते बिहीबार गायिका अस्मिता अधिकारी, गायक कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, श्रीकृष्ण बम मल्ललगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल महर्जनले जानकारी दिएका छन् । ।
“अहिलेसम्म राष्ट्रिय स्तरका तीन दर्जन कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिइसक्नु भएको छ,” महर्जनले भने । नृत्य प्रतियोगिता पनि जारी रहेको र वैशाख ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष साङ्गीतिक कार्यक्रम हुने उनले बताए ।
नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।
“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिब २ सय स्टल रहनेछ,” थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरू खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु.५० र सर्वसाधारणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए ।
महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई कारागारको चार नम्बर ब्लकमा राखियो
-
तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण
-
प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने
-
मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित
-
झापा, इलाम र विराटनगरको पेटिकाबाट बार निर्वाचनको मतगणना सुरु