उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
बुधबार, २८ चैत २०८०, २० : ३१

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ ।
इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो ।
बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकामा नेपाली जनतादलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आक्रमणको अनुसन्धान एनआईएले गर्ने, गृह मन्त्रालयले दियो आदेश
-
एपीएफ क्लबले सजिलै हरायो बागमती प्रदेशलाई
-
बालुवाटारमा २ घण्टाको मन्थनपछि सहमतिमा पुगे ओली र देउवा
-
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी
-
प्रतिनिधिसभामा पहलगाम हमलाको विरोध
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो