सङ्घीय निजामती ऐन छिट्टै आउँछ : मन्त्री जोशी

बुटवल । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् ।
बुधबार नेकपा एकीकृत समाजवादी रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै मन्त्री जोशीले सङ्घीयतालाई बलियो बनाउन र सुशासन कायम गर्नका लागि समेत उक्त ऐन आउनुपर्ने बताए । उनले सङ्घीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठुलो उपलब्धि हुने दाबी गरे ।
उनले देशभरका निजामती सेवामा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्ने काम हुँदा ठुलो उपलब्धि हुने बताए । सङ्घीय निजामती ऐन छलफल गरेर संसदबाट पारित हुँदा यसले देशभरका कर्मचारीहरूको व्यवस्थापन सहज हुने उनको विश्वास छ ।
उनले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक ऐन र मापदण्ड निर्माणमा समेत आफू लागि परेको बताए । उनले अहिले सुशासन कायम गर्दै सङ्घीयतालाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो