केन्द्रीय स्टोर आगलागी : सशस्त्रका एसपीसहित २० जना छानबिनको दायरामा

काठमाडौँ । सशस्त्र प्रहरीको केन्द्रीय लेखा स्टोरमा भएको आगलागीबारे एआईजी नेतृत्वको समितिले छानबिन सुरु गरेको छ । चैत २६ मा भएको आगलागीबारे एआईजी वंशीराज दाहाल नेतृत्वको समितिले छानबिन सुरु गरेको छ ।
बलम्बु स्थित केन्द्रीय स्टोरमा भएको घटनाबारे सशस्त्र प्रहरी बलका एसपीसहित २० जना छानबिनको दायरामा आएका छन् । भण्डार महाशाखामा कार्यरत ७ जना सुरक्षाकर्मी, नम्बर–९ पशुपतिनाथ बाहिनीका एसपी सहित ११ जना र एपीएफ अस्पतालबाट मुख्य गेटमा खटिएका दुई जनालाई सोधपुछका लागी मुख्यालयमा झिकाइएको छ । छानबिन पुरा नहुन्जेल उनीहरू मुख्यालयमा नै रहने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
आगलागी भएको केन्द्रीय स्टोरको सुरक्षा जिम्मेवारी पशुपतिनाथ बाहिनीले लिएको थियो । आगलागी हुँदा सुरक्षा ड्युटीमा रहेका उपरीक्षक सहितका सशस्त्रका कर्मचारी छानबिनको दायरामा आएका हुन् । समितिले घटनास्थल सिल गरेर सुरक्षाका लागी नयाँ टोली परिचालन गरेको छ । समितिले सिसिटिभीको फुटेज पनि अध्ययन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म