बुद्धिचाल महासंघको साधारणसभा बिहीबारदेखि
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको विषेश साधारणसभा ललितपुरको च्यासलस्थित तुल्सीलाल अमान्य प्रतिष्ठानमा चैत २९ र ३० गते हुने भएको छ । साधारणसभामा सातवटै प्रदेश र ५५ जिल्लाका गरि कुल एक सय १८ जना प्रतिनिधिको सहभागीता रहने छ ।
साधारणसभामा महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ भने रिक्त रहेको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको पदपूर्ति निवार्चन प्रक्रियाबाट गरिने छ । साधारणसभा सम्पन्न गर्न उपाध्यक्ष धनबहादुर बोगटीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको महासंघले जनाएको छ ।
राजु ताम्राकारको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपमहासचिव मोनालिसा खम्वुको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, निरन्जन प्रजापतिको संयोजकत्वमा मसलन्द उपसमिति, रमिला पोखरेलको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमितिमा र दिपेन राईको संयोजकत्वमा स्वयमसेवक उपसमिति गठन गरिएको छ ।
महासंघको रिक्त रहेको अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष ललितपुरका हेराकाजी महर्जन, वरिष्ठ उपाध्यक्ष पदमा इलामका दिपेन राई र उपाध्यक्ष पदमा बाराका राजाबाबु रौनियारले उम्मेदवारी दिने सम्भावना रहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
-
नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड
-
सरकारी सुविधा दुरुपयोग गरेको आरोपपछि अस्ट्रेलियाकी यातायात मन्त्रीद्वारा राजीनामा
-
जुम्लामा ११ किलोमिटर सडक निर्माण