चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा
काठमाडौँ । एसईई परीक्षामा चिट चोराएको आरोपमा नेपालगञ्जबाट पक्राउ परेका प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन् । नेपालगञ्जस्थित लोटस इङ्गलिश स्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहमद अल्ताफ खान धरौटीमा रिहा भएका हुन् ।
नेपालगञ्ज–२ स्थित ज्ञानोदय विद्या निकेतनबाट उनीहरू चैत २० मा पक्राउ परेका थिए । उनीहरूलाई जनही ६ हजार धरौटीमा रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले रातोपाटीलाई बताए । विज्ञान तथा प्रविधि विषयको परीक्षामा उनीहरूले आफ्ना विद्यार्थीहरूलाई ह्वाट्स एप ग्रुप बनाएर चिट चोराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
नेपालगञ्जस्थित एवान कन्सल्टेन्सीबाट पक्राउ परेका थप ३ जना पछि छुटेका छन् । प्रश्नपत्र आउट गरेर उत्तर तयार गरेस पठाएको आरोपमा पक्राउ परेका इरफान अलि मिकरानी, सन्तोष नेपाली र दिलिप बिकलाई जनही ३० हजारमा रिहा गरिएको प्रजिअ पोरखेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड