अर्थतन्त्र पूर्णरुपमा चलायमान बन्न सकेको छैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले अर्थतन्त्र पूर्णरुपमा चलायमान बन्न नसकेको बताएका छन् । महासंघको ५८ औँ वार्षिक साधारणसभामा बोल्दै बाह्य क्षेत्रमा सुधार देखिएपनि आन्तरिक अर्थतन्त्र पूर्णरुपमा चलायमान बन्न नसकेको बताएका हुन् ।
साना, ठुला र मझौला उद्यमीदेखि सरकार र आम जनताले समेत अहिले दैनिक रूपमा जीवनयापन गर्न असहज महसुस गरिरहेको श्रेष्ठको भनाई छ । ‘अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि यहाँ उपस्थित हामी सबैले आ–आफ्नो ठाउँबाट, विभिन्न प्रयासहरू गरिरहेकै छौँ,’ उनले थपे, ‘यद्यपि निजी क्षेत्र, सरकार, राजनीतिक दल र संसद् सबैको तदारुकता र चासोका बाबजुद पनि हाम्रो अर्थतन्त्रले चाहेको गति लिन सकिरहेको छैन ।’
पछिल्ला वर्षहरूमा सरोकारवालाहरू सबैको सकारात्मक प्रयास हुँदाहुँदै पनि अर्थतन्त्रमा सुधार ल्याउन नसकिएको उपाध्यक्ष श्रेष्ठ बताउँछन् । ‘पछिल्लो पाँच वर्षमा ५ पटक सरकार र सरकारको गठबन्धन परिवर्तन भएछ,’ उनले भने, ‘पाँचै पटक सरकार परिवर्तन हुँदै गर्दा, सरकारी संयन्त्र र नीति समेत परिवर्तन हुन्छ ।’ यस किसिमको अस्थिरताले व्यावसायिक वातावरणमा प्रभावित बन्नेगरेको उनले बताए ।
सरोकारवालाले दिर्घकालिन योजना नबनाउँदा तथा छोटो समय र छोटो लाभका लागि लिएका नीतिगत निर्णयकाकारणले पनि आर्थिकरुपमा नेपाल सबल हुन सकेको छैन । सरकारले संरक्षण गरेको नेपालको अर्थतन्त्रको ८२ प्रतिशत हिस्सा निजी क्षेत्रले चलायमान गराइरहेको तथ्याङ्क छ । यसका लागि सरकारले उचित वातावरण बनाइदिनु पर्ने भूमिकामा रहेको र सरकारले प्रयास गर्दागर्दै पनि अर्थतन्त्र चलायमान नहुँदा, व्यवसायीक मनोदशा अझै नकारात्मक हुने हो कि भन्ने चिन्ता सरकारपछिको ठुलो सन्जाल रहेको महासंघलाई पनि उत्तिकै रहेको उनले भने ।
‘अर्थतन्त्र सुधार गर्नका लागि आवश्यक परेमा नेपाल उद्योग वाणिज्य महासंघ यहाँहरू सबैको सेतु बन्न तयार छ’ श्रेष्ठले भने, ‘नेपालमा निजी क्षेत्र र नाफा प्रतिको दृष्टिकोण सकारात्मक नभएता पनि निजी क्षेत्रले अर्थतन्त्रमा लगानी गरेको छ ।’ निजी क्षेत्रले जोखिम लिएर रोजगारी सृजना गरिरहेको र सबैभन्दा अप्ठ्यारो अवस्थामा समेत निजी क्षेत्र नै पुगेको उपाध्यक्ष श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सरकारले घटायो भन्सार दर, सुन र चाँदीको मूल्य घट्ने
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन