यसरी सफा गरिँदैछ धोवीखोला, तस्बिरहरू
![यसरी सफा गरिँदैछ धोवीखोला, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/dhobi-khola_oOkYQdqdnL.jpg)
- मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । हरियो ज्याकेट लगाएर मान्छेहरू खोलामै पसेर काम गरिरहेको दृश्य अहिले सेतोपुलदेखि अनामनगरसम्म देख्न सकिन्छ । गत चैत १८ गते देखि धोवीखोलामा सफाइ सुरु भएको थियो ।
श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो । सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपराह्न २ बजेसम्म हुनेछ । पहिलो चरण अन्तर्गत खोलाको फोहोर उठाएर छेउमा जम्मा गर्दै आएको छ । फोहोर पूर्ण रूपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहोर झिकिने छ ।
काठमाडौँमा मुख्य ९ वटा नदी छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।
यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकाले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : अध्यक्ष प्रचण्ड
-
मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् कर्णालीका मुख्यमन्त्री !
-
बालुवाटारमा सत्ता पक्षीय दलको बैठक
-
सिँचाइले सुक्खा जमिन हराभरा बन्दै
-
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार
-
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ