बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्नः सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कहाँ छ ?

बुधबार, २८ चैत २०८०, १४ : ०४
बुधबार, २८ चैत २०८०

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफैले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न समेत गरे । अध्यक्ष साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्ने क्रममा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताए पनि सो अनुसार काम हुन नसकेको बताए । उनले विषय विज्ञहरूलाई सांसदको स्वकीय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे । 

अध्यक्ष साहले भने,  निर्वाचनयता ३ वटा अधिवेशन भयो । तर अहिलेसम्म हामीले चार वटा विधेयक मात्रै पास गरेका छौँ । त्यो पनि केही दफा संशोधनको निम्ति आएको विधेयक पारित गर्‍यौँ । त्यो पनि राष्ट्रिय सभाबाट विगतकै अवधिमा उत्पत्ति भएका विधेयकहरू पारित गर्‍यो । यही सुनाउन जाने जनतामा ? एक वर्षको ३ अधिवेशनमा चार वटा विधेयक पारित ग-यौँ भनेर सुनाउन जाने ? जम्मा सरकारले १९ वटा विधेयक ल्याएको देखियो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक जस्ता महत्वपूर्ण विधेयक उच्च प्राथमिकताका छन् । ती विधेयकहरू कहाँ छन ? जनतालाई हामीले के भन्ने । के हामीले यो संसदलाई साँच्चनै प्रभावकारी बनाईराखेका छौँ ? सांसदलाई हामीले स्वकीय सचिव दिइराखेका छौँ । ’

अध्यक्ष साहले सांसदहरूले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्त्व नदिएको गुनासो समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप