गृहमन्त्री रविलाई ज्ञानेन्द्र शाहीको चेतावनी (भिडिओसहित)
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पार्टीले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमाथि प्रहरी बल प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । शाहीले बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्रीको कदमप्रति कडा आपत्ति जनाएका हुन् ।
‘अमेरिका बसेर आएका गृहमन्त्रीलाई रविलाई ह्वाइट हाउस अगाडि प्रदर्शन गर्न पाइन्छ कि पाइँदैन ? निषेधाज्ञा कहाँ गर्ने भनेर थाह छ कि छैन ?’, सदनमा आक्रोशित हुँदै उनले भने, ‘जब मान्छे सकिने बेला आफ्नो घरमा आगो लगाउँछ । हिजो काँध थाप्नेलाई तपाईँले आज पिट्नुभएको छ । गृहमन्त्रीको कदमको घोर भर्त्सना गर्छु ।’
गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताए । ‘उहाँहरूले जघन्य अपराध, निर्ममतापूर्वक हिजो उहाँहरूले हाम्रो कार्यकर्तालाई मात्रै कुटपिट गर्नुभएन । पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृह मन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रूपमा हामीले हेरेका छौँ,’ उनले भने ।
२०४७ सालदेखिको फाइल खोल्छौँ भनेकोप्रति असहमति जनाउँदै उनले चाबी आफ्नै हातमा भएकाले अहिले नै फाइल खोल्न चुनौती दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
-
‘काठमाडौँ विश्वविद्यालय सुधारका लागि पुरानो लिगेसी परिवर्तन गर्नुपर्छ’
-
यसरी पर्न गयो ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश !
-
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
-
बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक
-
नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने