अमुक कोही व्यक्ति विशेषलाई खुइल्याउने कांग्रेसको प्रवृत्ति ठिक छैन : माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमुक रूपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने कांग्रेसको प्रवृत्ति ठिक नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक सांसदबाट जे तथ्य तथ्याङ्क छ त्यही प्रस्तुत गरेको बताउँदै त्यसलाई कांग्रेसले फैसला गरेको भनेको प्रति आपत्ति जनाए ।
उनले भने–‘यो संसद्को १५ महिनाको अवधिमा हामीले मुस्किलले ३ वटा बिधेयकमात्र पास गर्यौँ । ज्यादै महत्त्वपूर्ण कानुनहरू हाम्रो पाइप लाइनमा रहेको छ । यो कानुन निर्माण गर्ने अधिवेशन पनि भएकोले यसमा अवरोध नगरीकन सांसदलाई बन्धक नबनाएर अगाडि लैजानुपर्दछ । सहकारीका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा हामी अस्पष्ट छैनौँ तर न्याय पाउनुपर्छ भनेर सत्ताको दाउपेचका रूपमा त्यसलाई बहस बनाइदिनु हुँदैन । जिम्मेवार भएर सांसदलाई अगाडि बढाउन आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल