वानिन्दु हसरंगाको स्थानमा लेग–स्पिनर विजयकान्तले हैदराबादबाट खेल्ने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादले श्रीलंका खेलाडी वानिन्दु हसरंगाको स्थानमा लेग–स्पिनर विजयकान्त ब्यावकान्तलाई टोलीमा समावेश गरेको छ । विजयकान्त पनि श्रीलंकाली खेलाडी नै हुन् ।
हैदराबादले विजयकान्तलाई आधारभूत मूल्य ५० लाख भारतीय रुपैयाँमा आफूसँग जोडेको हो । आईपीएलको अघिल्लो सिजनमा विजयकान्तले राजस्थान रोयल्सबाट खेलेका थिए । स्वास्थ्य समस्याका कारण हसरंगा आईपीएलबाट बाहिरिएका हुन् ।
हसरंगाको बायाँ खुट्टाको कुर्कुच्चोमा समस्या देखिएको छ । हैदराबादले हसरंगालाई एक करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । विजयकान्त श्रीलंका प्रिमियर लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् ।
विजयकान्तले पहिलो पटक सन् २०२० मा श्रीलंका प्रिमियर लिगमा खेलेका थिए । त्यतिबेला उनी जाफना स्टेलियन्समा आबद्ध थिए । त्यतिबेला विजयकान्तको उमेर केवल १८ वर्ष तीन सय ६४ दिन रहेको थियो ।
विजयकान्तले श्रीलंकाको राष्ट्रिय टोलीबाट पनि टी–२० क्रिकेट खेलिसकेका छन् । उनले गत वर्ष चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा श्रीलंकाली टोलीबाट खेलेका थिए । यसका अतिरिक्त उनले संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न आईएल टी–२० मा पनि एमआई इमिरेट्सको तर्फबाट खेलेका थिए ।
विजयकान्तको टोली एमआई इमिरेट्सले आईएल टी–२० को उपाधि पनि जितेको थियो । उनले पनि आठ विकेट लिएका थिए । उनले चटगाउँ च्यालेन्जर्सको तर्फबाट बंगलादेश प्रिमियर लिग पनि खेलिसकेका छन् । बंगलादेश प्रिमियर लिगमा उनले ३३ खेल खेल्दै कुल ४२ विकेट लिएका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल