सुटिङकाे क्रममा अभिनेत्री सुजाता भिरबाट लडेर घाइते

फिल्म । फिल्म `द्रौपदी´ सुटिङकाे क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् । डोल्पाको अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दागर्दै मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् । उनको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको छ । उनको मुड्केचुला गाउँपालिकास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।
`एउटा अग्लाे ठाउँमा सुटिङ भइरहेकाे थियो ।एकाएक खुट्टा चिप्लिएर उनी लडिन्,´ निर्देशक आचार्यले भने,`अहिले उनको स्वास्थ्य स्थिति खतरामुक्त छ । गाह्रो भएमा काठमाडौँ पठाउनु पर्ला ।´
कलाकार घाइते भएपछि मंगलबार सुटिङ अवरुद्ध भएको थियो । सुजाता `द्रौपदी´ का लागि अडिसन दिएर अभिनेत्रीका लागि चयन भएकी हुन् ।
अहिलेसम्म कुनै पनि फिल्म,भिडियोसमेत छायांकन नगरिएको ताजा लोकेसनहरूमा फिल्म सुटिङ गरिएको र अब केही दिनमा सम्पूर्ण छायांकन सकिने बताइएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भइरहेको भनिएको फिल्ममा आश्वीनी शाही,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली,रवि ओड ,सीता बौडेल ,सुरज अधिकारीलगायत कलाकार छन् ।झन्डै एक महिना अघिदेखि डोल्पा जिल्लाका विभिन्न स्थानमा सुटिङ भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म