उच्च अदालतले याचिका खारेज गरेपछि सर्वाेच्च पुगे अरविन्द केजरीवाल

नयाँ दिल्ली । रक्सी नीति घोटालामा आफ्नो गिरफ्तारीविरुद्ध दिल्ली उच्च अदालतमा दिएको याचिका खारेज भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतमा पुगेका छन् । केजरीवालले आफ्नो गिरफ्तारीलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालयले केजरीवाललाई मार्च २१ मा पक्राउ गरेको थियो । उनी हाल न्यायिक हिरासतमा छन् ।
मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो।‘अदालतले दिएको निर्णयसँग हामी सहमत छैनौं, हामी यसको विरुद्ध सर्वोच्च अदालतमा जाने छौं,’ आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले हाईकोर्टमा याचिका खारेज भएपछि पत्रकार सम्मेलनमा भनेका थिए ।
सीबीआई र ईडीका अनुसार, दिल्लीमा अहिले अब फिर्ता गरिसकेको अन्तःशुल्क नीति लागू गर्दा अनियमितता गरिएको थियो र यसले रक्सी इजाजतपत्र धारकहरूलाई अनुचित फाइदा पुर्याएको थियो । यस मामिलामा मनिष सिसोदिया, सञ्जय सिंह र अरविन्द केजरीवाललाई पक्राउ गरिएको थियो । गत हप्ता अदालतले सञ्जय सिंहलाई जमानत दिएपछि उनी रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?