एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ ।
सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णयमा पुगेको हो । नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले सत्ता गठबन्धनमै रहेकाले कांग्रेस उम्मेदवारलाई मत दिन उचित नहुने बताइन् ।
‘सत्ता गठबन्धनमै भएकाले शीर्ष नेतृत्वबाट एमाले उम्मेदवारलाई नै मत दिने सङ्केत आएको छ’, राईले रातोपाटीसँग भनिन्,‘ गठबन्धनबाहिर भएको भए बेग्लै हुन्थ्यो ।’
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन् । उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।
५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको बहुमत भएकाले घिमिरेको जीत निश्चित जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने