हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु
![हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/liver_hepatitisB_1055490376_nJmbGjHnn9.jpg)
काठमाडौं । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष बढेको पनि बताएको छ ।
‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्याङ्कले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सन् २०१९ मा ११ लाख रहेकोमा २०२२ मा १३ लाख पुगेको जनाएको छ । जसमध्ये ८३ प्रतिशतको मृत्यु हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीका कारण भएको थियो । प्रतिवेदनमा हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणका कारण विश्वभर दैनिक ३ हजार ५ सय जनाको मृत्यु भइरहेका छन् ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससल प्रतिवेदनले विचलित पार्ने चित्र चित्रित गरेको बताएका छन् । हेपाटाइटिस संक्रमण रोक्न विश्वव्यापी रूपमा प्रगति भएको छ, तर मृत्युको संख्या अझै बढिरहेको छ ।
पछिल्लो प्रतिवेदनले सन् २०३० सम्म हेपाटाइटिस उन्मूलन लक्ष्यमा पुग्नका लागि धेरै काम गर्नु पर्नेमा पनि जोड दिएको छ ।
हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसम भन्दा वर्षातको समयमा बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १०गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो ।
यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् । प्रत्येक वर्ष करिब १३ लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म