दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने बताएका छन् । आज उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै सन २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
यस्तै लगानीको वातावरण सुधार गर्नका लागि बैशाकमा लगानी सम्मेलन आयोजना गर्न लागेको दाहालले बताए । लगानी सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षण गर्न एकै पटक १२ वटा कानुन संशोधन गर्न लागेको उनको भनाई छ ।
सम्भव भएमा सांसदबाट र नभए अध्यादेशमार्फत नै कानुनी व्यवस्था सुधार गरेर लगानीको ढोका खोल्नतर्फ ध्यान केन्द्रित गरेको प्रधानमन्त्रीको भनाई छ । यसो हुँदा उद्योगी व्यवसायीको मनोबल थप बढ्ने र विदेशी लगानीकर्ता समेत आकर्षित बनेर लगानी बढ्ने छ ।
'यसबाहेक , पुँजिगत खर्च बढाउँदै निजी क्षेत्रको मनोबल बढाउनमा सरकार सम्पूर्ण ध्यान केन्द्रित गरेको छ', प्रधानमन्त्री दाहालले भने, 'निजी क्षेत्रसँग समन्वय गरेर लगानी बिस्तार गर्न सर्कार तयार छ ।' यस्तै महासङ्घले सरकार समक्ष राखेको अपेक्षा पुर गर्नतर्फ लाग्ने दाहालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरातमा पटकाको कारखानामा विस्फोट हुँदा सात जनाको मृत्यु
-
बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट रुपन्देही लगियो
-
नेप्सेको सीईओ : दुई मन्त्रिपरिषद् बैठकमा दुई फरक नियुक्ति
-
नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र
-
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
-
अर्जुनभक्त राईको अध्यक्षतामा खेलकुद महासंघ समाजवादीको नयाँ कार्यसमिति