२७ अंकले सेयर बजार घट्दा पनि कारोबार रकममा उत्साह, डेढ अर्ब बढीको कारोबार
![२७ अंकले सेयर बजार घट्दा पनि कारोबार रकममा उत्साह, डेढ अर्ब बढीको कारोबार](https://rpcdn.ratopati.com/media/albums/nepse_xdJtJBiN1J.jpeg)
काठमाडौं–सोमबार सेयर बजार २७.६४ अंकले घट्दा पनि डेढ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेप्से परिसुचक २७.६४ अंकले घटेर १४१०.८५ बिन्दुमा आइपुगेर रोकिएको छ । १७० कम्पनी सामेल आजको कारोबारमा १ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ कारोबार भएको छ । आज सबै समुह राताम्मे (ओरालो) छन् ।
बीमा समुह ८८.४४ अंकले घटेको छ । होटल समुह ७८.७८ अंकले घटेको छ भने जलविद्युत समुह ५४.७३ अंकले घटेको छ ।
सबै समुह ओरालो लाग्दा पनि आज मात्र नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको नेपाल बैंकको सबैभन्दा बढी ९ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
दोस्रो बढी कारोबार हुनेमा राष्ट्रिय बिमा कम्पनीको संस्थाापक सेयर रहेको छ । जसको ४ करोड ७२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा राष्ट्रिय बिमा कम्पनीको ४ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन