मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
बुधबार, २८ चैत २०८०, ०९ : ३२

जनकपुर । मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।
बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । गोष्ठीमा मधेसका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको छ ।
गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम हुँदैन : सभामुख
-
मध्यमा परिक्रमाका श्रद्धालुका लागि हेल्पडेस्क
-
जिल्ला अदालत काठमाडौँले हटायो करारका ३३ जना कर्मचारी
-
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
-
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तीनदिने साहसिक पदयात्रा
-
किन निष्प्रभावी हुन्छन् नेपालका ‘डज’ ?